Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the anycomment domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sajhaturahi/samriddi.com/wp-includes/functions.php on line 6121
आलियाको हलिउड डेब्यु फिल्म ‘हार्ट अफ स्टोन’को ट्रेलर सार्वजनिक | Samridhi

आलियाको हलिउड डेब्यु फिल्म ‘हार्ट अफ स्टोन’को ट्रेलर सार्वजनिक

२०८० असार ६ गते, बुधबार

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो हलिउड डेब्यु फिल्म ‘हार्ट अफ स्टोन’को प्रवर्द्धनका लागि यतिबेला ब्राजिलको साओ पाउलो पुगेकी छन् । हलिउड स्टार गल ग्याडट र जेमी डोर्नन पनि उनीसँगै छन् । ‘नेटफ्लिक्स टुडम २०२३’ नाम दिइएको उक्त कार्यक्रममा यी कलाकारले फिल्मको प्रमोसन गर्नेछन् ।

यो फिल्मलाई लिएर गल ग्याडट र आलियाका फ्यान निकै उत्साहित छन् । लामो प्रतीक्षापछि नेटफ्लिक्सले आइतबार बिहान फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । सोफी ओकोनेडोसँगै ट्रेलरको सुरुवात हुन्छ, जहाँ उनी गल ग्याडटसँग भन्छिन्, ‘कुनै मित्रता छैन, कुनै सम्बन्ध छैन तर पनि तपाईं जान्नुहुन्छ कि तपाईं कुन कुराको जिम्मा दिइएको हो । हामीले जुन गर्दैछौं, त्यो निकै जरुरी छ । त्यो चार्टर एक हिस्सा हो र संसारमा शान्ति कायम गर्न निकै जरुरुी छ ।’

एक्सन दृश्यले भरिपूर्ण ट्रेलरमा ग्याडट उर्फ रेचेल स्टोनलाई पहाडबाट तल सर्दै, शत्रुहरूबाट बच्न प्याराग्लाइडिङ, मोटरसाइकलको पिछा र केही परिस्थितिमा आफ्नो कपाल तल झारेको देखाइएको छ । दुई मिनेट ४३ सेकेन्ड लामो ट्रेलरको पछिल्लो भागमा हामीले आलिया भट्टको झलक पाइन्छ, जसले दर्शकको स्पर्श गर्छिन् । केया धवन नामक खलनायकको भूमिकामा आलिया देखिएकी छन् । ट्रेलरमा रेचेल र केया आमनेसामने छन् । ट्रेलर आफ्ना फ्यानलाई देखाउँदै आलियाले सोसल मिडियामा सेयर गरेकी छन् तर ट्रेलरमा आलियाको भूमिका सानो छ ।

टम हार्परले निर्देशन गरेको ‘हार्ट अफ स्टोन’मा गल ग्याडट, जेमी डोर्नन र आलिया भट्टले अभिनय गरेका छन् । यो अगस्ट ११ मा रिलिज हुने तय भएको छ । आलिया गत वर्ष मे महिनामा फिल्मको छायांकनका लागि टिमसँग जोडिएकी थिइन् । फिल्मलाई इटाली, लण्डन, रेक्जाभिक र लिस्बनमा छायांकन गरिएको हो ।

124 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal