प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै संसद अवरुद्ध

२०८० असार २० गते, बुधबार

संघीय संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागिएको छ । बुधबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको हो । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । उनले उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने र राजीनामा नदिएसम्म बैठक अघि बढ्न नसक्ने बताए ।

107 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal