महानगरको चेतावनीपछि काठमाडौंका ४६५ स्कुलले बुझाए छात्रवृत्ति विवरण
काठमाडौँ महानगरको चेतावनीपछि महानगरपालिकाको क्षेत्र भित्रका ४६५ निजी विद्यालयले छात्रवृत्ति विवरण बुझाएका छन्। महानगर प्रमुख बालेन्द्र शाहले महानगरको इतिहासमा यस्तो पहिलो पटक भएको दाबी गरेका छन्।
महानगरको पहलबाट लक्षित वर्गका १३ हजारभन्दा बढी विद्यार्थीहरूले विभिन्न छात्रवृत्ति प्राप्त गरेका उनले बताए। अब महानगरले प्राप्त विवरणमाथि निरीक्षण गरी सबै विद्यालको सूची प्रकाशित गर्ने भएको छ।
अब विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक मौका दिइने शाहले बताएका छन्।
‘त्सपश्चात् पनि विवरण नबुझाएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ’, उनले भनेका छन्।