Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the anycomment domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sajhaturahi/samriddi.com/wp-includes/functions.php on line 6121
३२ वर्षको उमेरमा नै घरबारविहीन बने चेल्सीका यी पूर्व खेलाडी | Samridhi

३२ वर्षको उमेरमा नै घरबारविहीन बने चेल्सीका यी पूर्व खेलाडी

२०८० असार ६ गते, बुधबार

चेल्सीको फुटबल एकाडेमीबाट ग्राजुएट भएका ज्याकब मेलिस ३२ वर्षको उमेरमा नै घरबारविहीन बनेका छन् । रक्सीको कुलतमा फसेपछि उनको यो हालत भएको हो ।

सन् २००० को सुरुवातमा मेलिस चेल्सीको एकाडेमीबाट आएका थिए । उनी सन् २००८ को युवा एफए कपको फाइनलमा पुग्ने टोलीका सदस्यसमेत रहेका थिए । तर, सिनियर टोलीमा प्रवेश पाउन भने उनले सकेनन् । ब्रार्नस्ले र साउथह्याम्पटनमा ऋणमा केही समय बिताएपछि उनले सन् २०१२ मा बार्नस्लेसँग करार सम्झौता गरेका थिए । 

त्यसपछि उनले ब्ल्याकपुल, बरी, म्यानसफिल्ड लगायत अन्य क्लबमा समय बिताएका थिए । सन् २०२१ बाट उनले फुटबल खेल्न बन्द गरे । मेलिसका अनुसार रक्सीको कुलतकै कारण उनी फुटबलबाट बिदा हुन बाध्य भएका हुन् ।

डेली मेलसँग कुराकानी गर्दै उनले भने, ‘मेरो करियरको अवधिभर यसले मलाई सताइरह्यो । जब तपाईं पिउनुहुन्छ, तपाईंले गर्ने काममा तपाईंको नियन्त्रण हुँदैन । यसले तपाईंको प्रशिक्षणमा प्रभाव पार्छ र तपाईंको प्रशिक्षक पनि तपाईंसँग खुसी हुनुहँदैन ।’

घरबारविहीन बनेको बारे कुराकानी गर्दै उनले कहिलेकाहीँ आफू परिवारको घरमा, साथीहरूको सोफामा त कहिले पैसा तिरिदिने साथीहरूसँग होटलमा बस्ने गरेको सुनाए । अहिले भने चेल्सीले उनलाई ‘स्काउटिङ’ को काम गर्नका लागि सहयोग गरिरहेको बताए । अहिले उनले लेभल वान र टुको ब्याज गरिरहेको र अब यही काममा लाग्ने उनले सुनाए ।

168 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal