Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the anycomment domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sajhaturahi/samriddi.com/wp-includes/functions.php on line 6121
एमबाप्पेलाई बेच्ने तयारीमा पीएसजी | Samridhi

एमबाप्पेलाई बेच्ने तयारीमा पीएसजी

२०८० असार ६ गते, बुधबार

फ्रान्सको लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्टार फरवार्ड किलिएन एमबाप्पेलाई बेच्ने तयारी गरेको छ । एमबाप्पेले क्लबसँगको सम्झौता नवीकरण नगर्ने बताएपछि पीएसजीले उनलाई यही समर सिजनमा बेच्ने तयारी गरेको हो ।

पीएसजीसँग एमबाप्पेको सम्झौता आगामी सिजनको अन्त्यमा सकिँदैछ । २४ वर्षीय एमबाप्पेले पीएसजीसँगको सम्झौता नवीकरण गर्ने समयसीमा ३१ जुलाइसम्म मात्र छ । तर एमबाप्पेले आफूले सम्झौता नवीकरण नगर्ने जानकारी क्लबलाई गराइसकेको बीबीसीले उल्लेख गरेको छ ।

पीएसजीका कीर्तिमानी गोलकर्ता एमबाप्पेलाई अर्को सिजन फ्री ट्रान्सफरमा पठाउनुभन्दा सम्झौता अवधि सकिनुअघि नै बेचेर पैसा कमाउने पीएसजीको मनसाय छ ।

एमबाप्पेले सन् २०१८ मा फ्रान्सबाट विश्वकप जितेका थिए । गत वर्षको विश्वकपमा भने एमबाप्पेको टिम अर्जेन्टिनासँग फाइनलमा पराजित हुँदै उपविजेता बन्यो ।

एम्बाप्पेलाई केही समययता स्पेनिस क्लब रियल मड्रिडले पछ्याइरहेको छ । रियलले गत वर्ष गरेको प्रस्ताव भने एम्बाप्पेले अस्वीकार गर्दै पीएसजीमै बसेका थिए ।

करिम बेन्जेमा साउदी क्लब अल इत्तिहादमा गएपछि रियल अहिले स्ट्राइकरको खोजीमा छ । रियलको नजर इंग्लिस फरवार्ड ह्यारी केनमा पनि छ ।

सन् २०१७ मा एमबाप्पे मोनाकोबाट लोनमा पीएसजी गएका थिए र पछि पीएसजीमा स्थायी रुपमा अनुबन्ध भए । उनले पीएसजीका लागि २६० खेलमा २१२ गोल गरिसकेका छन् ।

एमबाप्पे पछिल्लो पाँच सिजनदेखि लिग वानको सर्वाधिक गोलकर्ता छन् भने पीएसजीमा ६ सिजन बिताउँदा पाँच लिग उपाधि जितेका छन् । यस्तै उनले फ्रान्सका लागि ६८ खेलमा ३८ गोल गरेका छन् ।

पीएसजीले एमबाप्पेसँगै नेमार र लियोनल मेसी जस्ता खेलाडी भित्र्याए पनि च्याम्पियन्स लिग भने जित्न सकेको छैन ।

मेसी पीएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामीमा जाने पक्का भइसकेको छ । सर्जियो रामोसले पनि पीएसजी छाडिसकेका छन् । एमबाप्पेले छाडे उनी क्लब छाड्ने मेसी पछि दोस्रो ठूलो स्टार हुनेछन् ।

पीएसजीको गत सिजन फ्रन्टलाइनको तीन स्टारमध्ये एक नेमार पनि साउदी अरेबिया जाने चर्चा छ ।

133 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal