Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the anycomment domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sajhaturahi/samriddi.com/wp-includes/functions.php on line 6121
आर्थिक वर्ष २०७९/८० मा २१ वटा गैंडा मरे | Samridhi

आर्थिक वर्ष २०७९/८० मा २१ वटा गैंडा मरे

२०८० असार ६ गते, बुधबार

चालु आर्थिक वर्ष २०७९/८० मा २१ वटा गैंडा मरेका छन्। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकका अनुसार चालु आर्थिक वर्षमा २१ वटा गैंडा मरेका हुन्। 

देशभरका राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयले विभागलाई बुझाएको प्रतिवेदनअनुसार यसवर्ष संरक्षित जनावरहरूमध्ये सबैभन्दा धेरै गैंडा मरेको वन्यजन्तु अपराध नियन्त्रण इकाईका अनुसन्धान अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए। आर्थिक वर्ष सकिनै लाग्दा तथ्यांक संकलनको काम भइरहेको छ। त्यही क्रममा जेठसम्मको तथ्यांक हेर्दा गैंडा धेरै मरेको देखियो,ʼ उनले भने।गैंडाको औसत आयु ४० देखि ७० वर्षसम्म हुन्छ। तर धेरैजसो गैंडाको अकालमै मृत्यु हुने गरेको अधिकृत खतिवडाले बताए। 

यस वर्ष उमेर पुगेर तीन वटा गैंडा मरेका छन्। तीन वटालाई तस्करले मारेको र बाँकी १५ वटा अकालमै विभिन्न कारणले मरेको विभागको तथ्यांक छ।अनुसन्धान अधिकृत खतिवडाका अनुसार तस्करले मारेका तीन वटा गैंडा चितवन राष्ट्रिय निकुञ्जका हुन्।

२०७९ असोज २७ गते १२ वर्षको भाले गैंडालाई मारेर खाग काटिएको अवस्थामा भेटिएको थियो। पोष्टमर्टमबाट उक्त गैंडालाई करेन्ट लगाएर मारिएको खुलेको थियो। 

त्यस्तै, २०७९ माघ ६ गते चितवन राष्ट्रिय निकुञ्जभित्र अमलटारी सेक्टर अन्तर्गत भुताहा पोष्ट नजिकैको सितापुर क्रान्तिघाट नारायणी नदीको झ्याङमा दुई वटा मरिएको अवस्थामा भेटिएको थियो। एकैठाउँमा १४ वर्षको पोथी र ४ वर्षको भाले गैंडा मृत फेला परेको हो। त्यस घटनामा तस्करले पोथीको खाग काटिएको अवस्थामा भेटिएको थियो,ʼ उनले भने भने, ‘करेन्ट लगाएर मारिएको थियो। बाँकी १३ वटा भने भालेसँग जुधेर, बाघको आक्रमणबाट, वन्यजन्तुको आक्रमण, तालमा डुबेर मरेको उनले बताए। 

अघिल्लो आर्थिक वर्षभन्दा यसवर्ष कम गै‌ंडा मरेको तथ्यांक छ। २०७८/७९ मा ३७ गैंडा मरेका थिए। विभागका अनुसार २०६५/६६ देखि २०७९/८०सम्म ३२३ गैंडा मरेका छन्। 

यसैगरी विभागले राष्ट्र निकुञ्जहरूबाट पाएको तथ्या‌ंकका अनुसार संरक्षित जनावरहरू धेरै मर्ने दोस्रो स्थानमा बाघ पर्छ। यस वर्ष ८ वटा बाघ मरेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा दुईटा, बर्दिया राष्ट्रिय निकुञ्जमा तीनटा, बाँके राष्ट्रिय निकुञ्जमा एउटा, डिभिजन वन कार्यालय बाराको जंगलमा एउटा र डिभिजन वन कार्यालय पर्साको जंगलमा एउटा बाघ मरेका छन्। ८ वटामध्ये दुईवटा बाघ कुहिएको अवस्थामा फेला परेको थियो। जसकारण मृत्युको कारण खुल्न नसकेको अधिकृत खतिवडा बताउँछन्। 

168 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal