कांग्रेस बदलेर मात्रै मुलुक बदल्न सम्भव छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बलिएको कांग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताएका छन् ।
सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देश बदल्न सबैभन्दा पहिला नेपाली कांग्रेस बदल्न आवश्यक रहेको बताए ।
उनले नेपाली कांग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा कांग्रेस दुर्घटनामा जाने बताए । उनले कांग्रेसलाई दुर्घटनाबाट बचाउनको लागि नेपाली कांग्रेसलाई फरक ढङ्गमा चलाउनु पर्ने जिकिर गरे । महामन्त्री थापाले पार्टीलाई आवश्यकता अनुसार बदल्न सक्नुपर्ने बताए ।
उनले कांग्रेस बदल्न सक्ने भन्दै आवश्यकता अनुसार धुरी फाट्यो भने धुरी बदल्न सक्नुपर्ने बताए । उनले देश अप्ठ्यारोमा भएको बेला कांग्रेसले देशलाई ठिक ढङ्गले सम्हाल्न सक्नुपर्ने उनको भनाइ छ ।
उनले यस्तो बेलामा कांग्रेसले मुलुकलाई सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने बताए ।
‘सिङ्गो नेपाली कांग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने छ । नेपाली कांग्रेसले आफूलाई बदलेन भने कांग्रेस कांग्रेस जस्तो हुँदैन । देश नबदलि भएको छैन । देश बदल्न सकिन्छ भन्नेकुरा महामन्त्री विश्वप्रकाश शर्मासँग सहमत छु । देश बदलिँदैन की भन्ने डरबाट युवाहरु विदेश भागिरहेका छन् भन्ने लक्ष्मण दाईको चिन्ता आएको छ’, उनले भने, ‘यो बीचमा कांग्रेसले देश बदल्दैन भनेर युवा विदेशीयको चिन्ता मानेर,देश बदलिन्छ भन्ने आत्माविश्वास लिएर जाँदा देश बदलिन्छ तर देश बदल्नको लागि नेपाली काँग्रेसले आफूलाई बदल्छ ।’
उनले बदलेको कांग्रेसले मात्रै देश बदल्न सक्ने बताए ।