रूसी तेलको चीनतर्फको आयातमा अत्यधिक वृद्धि

२०८० असार ६ गते, बुधबार

मस्कोले फेब्रअरी २०२२ मा युक्रेनमा गरेको आक्रमणपछि गत महिना रूसी तेलको चिनियाँ आयात उच्च स्तरमा पुगेको भन्सारको तथ्याङ्कले मङ्गलबार देखाएको छ ।

चीन रूसको सबैभन्दा ठूलो आर्थिक साझेदार हो र गत वर्ष दुई देशबीचको व्यापार १९० अर्ब अमेरिकी डलर पुगेको थियो। मे महिनामा चीनले रूसबाट ९७ लाख १० हजार टन तेल आयात गरेको थियो । जुन फेब्रुअरी २०२२ को तुलनामा दोब्बरभन्दा बढी हो।

यो आँकडाले दुई देशबीचको आर्थिक सम्बन्धको व्यापक प्रगाढतालाई प्रतिबिम्बित गरेको छ । युक्रेनमा मस्कोको आक्रमणपछि मे महिनामा रूसको चीनसँगको समग्र व्यापार अहिलेसम्मको उच्च स्तरमा पुगेको छ ।

गत वर्षको अन्त्यमा ऊर्जाको मागमा कटौती गरेको कडा शून्य–कोभिड उपायहरूको अन्त्यपछि चीनको पुन : उत्थान अर्थव्यवस्थाको सन्दर्भमा पनि यी घटनाहरू देखा परेको हुनसक्ने अनुमानहरू पनि गरिएका छन्।

87 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal