माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर बिष्ट द्वारा राजिनामा

२०७८ फाल्गुन २८ गते, शनिबार

काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले पदबाट राजिनामा गर्नुभएको छ ।

काठमाण्डौँमा पत्रकार तथा सञ्चारकर्मीहरुसँग भेटघाट गरी विष्टले पदबाट राजिनामा गरेको घोषणा गर्नुभएको हो । विष्टको राजिनामापत्र प्रदेश सभा सचिवालयमा समेत पठाइसकिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विष्टको गृह जिल्ला सुर्खेत पुगेकै दिन उहाँले पार्टी छोड्नुभएको हो । माओवादी भित्र वौद्धिक छवि र राम्रो जनमत समेत बनाएका विष्टको पार्टी छोड्ने घोषणाले ठूलै तरङ्ग ल्याएको छ ।

60 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal