गठबन्धनमा ‘चोर पनि, पुलिस पनि’ दुवै एउटै मान्छे हुन्: पूर्वमन्त्री बस्नेत

२०७८ फाल्गुन २८ गते, शनिबार

भक्तपुर । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान परमादेशबाट बनेको पाँच दलीय सत्ता गठबन्धन दुई मुखे भएको उल्लेख गर्दै गठबन्धनमा चोर पनि आफै पुलिस पनि दुवै एउटै मान्छे भएको बताउनुभएको छ ।

सूर्यविनायक नगरपालिका–७ गुण्डूस्थित पर्यटकीय स्थान घ्याम्पे डाँडामा निर्माण भएको पाँच हजार लिटर पानी अट्ने पर्यटकीय एवं ऐतिहासिक घ्याम्पो शुक्रवार उद्घाटन गरिएको छ । त्यस ठाउँको नाम घ्याम्पे डाँडा भएपनि घ्याम्पो नुहँदा यसबारेमा आन्तरिक पर्यटकले चाँसो राख्न थालेपछि यहाँको ऐतिहासिकता झल्किने र पर्यटकलाई आकर्षित गर्ने लक्ष्यले निर्माण गरिएको आकर्षक घ्याम्पोको सांसद बस्नेतले उद्घाटन गर्नुभयो ।

आन्तरिक पर्यटकले चाँसो राख्न थालेपछि यहाँको ऐतिहासिकता झल्किने र पर्यटकलाई आकर्षित गर्ने लक्ष्यले निर्माण गरिएको आकर्षक घ्याम्पोको उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेले गरेको विकासको विरोध गर्ने र जनताले त्यसको प्रतिकार गर्ने बुझेपछि पुनः उक्त विकास गर्नुपर्छ भन्दै माग गर्ने गठबन्धनका पार्टीको गतिविधिहरु भइरहेकाले गठबन्धनका दल दुई मुखे भएको दावी गर्नुभयो । भक्तपुरमा गठबन्धन दलका नेता तथा कार्यकर्ताहरुले एमालेले गरेको विकासलाई अनावश्यक हल्ला फैलाई भ्रम पैदा गर्न खोजिरहेको प्रति सचेत हुन आग्रह गर्दै नेता बस्नेतले जनताले निषेध तथा सडकमा प्रदर्शन गर्ने संकेत पाएपछि गठबन्धनका दलहरुले एमालेले गरेको विकासलाई पुनः गर्नुपर्छ भन्दै हिड्ने गरेको बताउनुभयो । त्यस्तै एमसीसी चाँहिदैन भनेर सडकमा प्रहरीलाई ढुङगा हान्न लगाउने र सरकार तथा सदनमा एमसीसी चाहिन्छ भने हस्ताक्षर गर्ने दोहोरो प्रवृक्ति समेत गठबन्धनका नेताहरुमा रहेको उल्लेख गर्दै नेता बस्नेतले गठबन्धनका नेता तथा कार्यकर्ताहरुले जनतालाई भ्रम फैलाउने मात्र कामहरु गरिरहेको दावी गर्नुभयो ।

59 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal