बुद्धभूमि ३ द्धारा दिवा खाजा वापतको रकम विद्यालयलाई प्रदान

२०७८ फाल्गुन २७ गते, शुक्रबार

सुमन पौडेल, कपिलवस्तु । युग र जनताको आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकामै उत्कृष्ट कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा न. ३ ले झन पछि अर्को उदाहरणिय कार्य गरेको छ । विकास निर्माणका कामले मात्र वडासंगै नगर समृद्ध हुन नसक्ने भएकाले निर्वाचित भएको पहिलो बर्ष देखिनै लक्षित वर्गका कार्यक्रमलाई पनि निरन्तर समावेश गर्दै आएको वडा नं. ३ ले दिवा खाजा रकम हस्तान्त्रण गरेको छ ।
एक कार्यक्रमको आयोजना गरि नेपाल राष्ट्रिय माविका कक्षा १ देखि ५ सम्मका र वालविकासका वालवालिकाहरुका लागि दिवा खाजा वापतको रकम वडाध्यक्ष बिकास आचार्यले विद्यालयलाई हस्तान्त्रण गर्नुभएको हो ।
वडाका सम्पुर्ण वालवालिका शिक्षाबाट बञ्चिन हुन नपरोस् भन्ने उद्देश्ले शिक्षालाई विशेष प्राथमिकता दिएको वडाध्यक्ष आचार्यले बताउनुभयो ।


शिक्षण सिकाइमा बालबालिकाको सहभागिता बढाउन, सिकाइ स्तर सुधार तथा गुणस्तरीय आधारभूत शिक्षामा समतामूलक पहुँच बढाउने उद्देश्यले दिवा खाजा कार्यक्रम ल्याइएको हो । ‘स्थानीय कृषि उत्पादनका अन्नबालीबाट खाजा बनाएर बालबालिकालाई दिवा खाजा खुवाउनु मुख्य उद्देश्य हो,’ ११ वर्षमुनिका बालबालिका लक्षित दिवा खाजा कार्यक्रमबारे बुद्धभुमी ३ का वाड अध्यक्ष विकास आचार्यले भने,‘यो सुरुवात हो । अबदेखि कम्तिमा बालबालिका भोकभोकै बस्नु पर्दैन । थोरै भएपनि कक्षामै बसेर खाजा खान पाउँछन् भने स्थानीय उत्पादनलाई प्राथमिकता दिंदा पूँजीसमेत जनस्तरमा जोडिन्छ ।’
शिक्षा क्षेत्रलाई थप बलियो बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको वडाध्यक्ष आचार्यले बताउनुभयो ।

उहाँले आफु जनप्रतिनिधि हुंदा वडावासीलाई दिएका आवश्वासन पुरा गर्ने क्रममा रहेको बताउदै वडाका आधारभुत आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढेको बताउनुभयो ।

78 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal