कपिलवस्तु महोत्सवको करिब ६० प्रतिशत तयारी पूरा

२०७८ फाल्गुन २६ गते, बिहीबार

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुने १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको तयारी तीब्र पारिएको छ । ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आगामी चैत्र ३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगा १ जीतपुर स्थित बुद्ध रंगशालामा सञ्चालन हुँदैछ । महोत्सवको करिब ६० प्रतिशत तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।

महोत्सवमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने उद्देश्यले कपिलवस्तुको सम्रग अवस्था झल्किने गरि काम भईरहेको छ । यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव संचालन गर्न लगिएको आयोजकको भनाइ छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ । मेलामा २५० स्टल रहने छन् । बाल उद्यान, सेल्फी जोन लगाएतका कामहरु तिव्र गतिमा काम भौरहेको बताईएको छ ।
महोत्सवस्थलमा कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनुभयो ।

73 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal