प्रथम बाणगंगा सडक खाना महोत्सव ऐतिहासिक हुने निर्देशक ठकुरीको दाबी

२०७८ फाल्गुन २६ गते, बिहीबार

कपिलवस्तु । प्रथम बाणगंगा सडक खाना महोत्सवका निर्देशक सुसिल सिंह ठकुरीले जिल्लाको बाणगंगा नगरपालिकामा हुने प्रथम बाणगंगा सडक खाना महोत्सव ऐतिहासिक हुने दाबी गरेका छन् । उनले महोत्सवलाई सफल बनाउन जिल्लाका सम्पूर्ण होटल व्यवसायी तथा विभिन्न जनजाती, भेषभुषाका प्रतिनिधिहरुलाई सहयोग हुन आग्रह गरेका छन् ।

उनले सडक खाना महोत्सवमा खानाका स्टल रहने तथा विभिन्न जातजातीका खानाका परिकार राखिने बताए ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा हुने प्रथम बाणगंगा सडक खाना महोत्सवको तयारी तीब्र गतिमा अघि बढेको छ । बाणगंगा नगरपालिका वडा नं. ४ ले एकै ठाँउबाट पहिचान सहितको धेरै स्वाद चखाउन सडक खाना महोत्सव गर्न लागेको छ ।

आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न यही फागुन २७ गते विभिन्न जातजातिका फरक फरक स्वाद चखाउन सडक खाना महोत्सव गर्न लागिएको र सोही कामको तयारी तीब्र पारिएको आयोजकले जनाएको छ ।

सडक खाना महोत्सवमा स्थानीय स्तरमा रहेका मगर, गुरुङ, थारु, नेवार, पहाडी स्वादिष्ट परिकारहरु रहने आयोजकले जनाएको छ ।

57 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal