प्रधानमन्त्री देउवा वीरगञ्जमा

२०७८ फाल्गुन २६ गते, बिहीबार

पर्सा । प्रधानमन्त्री शेरबहादुर देउवा वीरगञ्ज पुगेका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन तथा महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा वीरगञ्ज आइपुगेका हुन्।

यहि अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समितिले जिल्ला कार्य समितिका निर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रमाण पत्र वितरण तथा पदस्थापन समारोह आयोजना गरेको छ। प्रधानमन्त्री देउवाले यो कार्यक्रममा पार्टीका नेता कार्यकर्तालाई पहिले सम्बोधन गर्नेछन्।

सो कार्यक्रमपछि देउवाले नेपाल घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री आएपछि नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता कार्यक्रम स्थलमा खचाखच भरिएका छन्।

नेपाली कांग्रेसको १४औँ जिल्ला अधिवेशनबाट जनार्दन सिंह क्षेत्रीको टीम निर्वाचित भएको छ।

58 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal