कपिलवस्तुमा फागुन २८ देखि १४औं चरणको हात्तीपाईले विरुद्धको औषधी खुवाईने

२०७८ फाल्गुन २४ गते, मंगलवार

कपिलवस्तु । हात्तीपाईले रोग निवारणका लागि कपिलवस्तुमा फागुन २८ देखि महाभियान संचालन गरिदैछ । यो अभियान कपिलवस्तु सहीत देशका १० जिल्लामा संचालन हुन लागेको हो । १३ औ चरण पुरा गरे पनि हात्तीपाईलको जीवणु अझै फेला पारे पछि अभियान संचालन गर्न लागिएको स्वास्थय कार्यालयद्धारा तौलिहवामा आयोजित पत्रकाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले जानकारी गराएका हुन ।

२ महिना अघि कपिलवस्तुको महाराजगंज र कृष्णनगर नगरपालिका गरी ७ सय ५५ जनामा गरिएको नमुना परिक्षण पछि करिब साढे ८ प्रतिशतमा हात्तीपाईलेका जीवाणु फेला परेको थियो ।

उनले यही फागुन पालिकाको सबै ९६ वडामा रहेको खोप केन्द्रमा २८ गते देखि आमरुपमा औषधी सेवनको अभियान संचालन गरने बताए । २ बर्ष माथीका सबैलाई लीक्षत गरी अभियान संचालन गरिने स्वास्थय कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए ।

बिगत बर्षहरुमा यो रोग बिरुद्ध आम औषधी सेवन (एमडिए) संचालन गरिएकोमा यस बर्ष देखि आईडिए अभियान चलाईने उनले बताए । यस बर्ष देखि हात्तीपाईले बिरुद्ध एउटा औाषधी थपिएको उनले बताए ।

थपिएको आईभरमेक्टीन सहीत डिईसि र एडभेन्डाजोल गरी ३ प्रकारका औषधी अभियानमा खुवाउने कार्यक्रम छ । यी औषधी २ बर्ष सेवन गरे हात्तीपाईलेबाट छुटकारा पाईने छ । ‘ रोगको परजिवी जो कोहिमा पनि हुन सक्छ, त्यसैले सबैजनाले खोजी खोजी औषधीको सेवन गरौं, र जीवन भर अशक्त हुनबाट बचौ ’ पाण्डेयले भने ।

सो अवसरमा कपिलवस्तु अस्पतालका डाक्टर अहिलेको औषधी पुर्णतय सुरक्षित रहेकोले ढुक्कसंग सेवन गर्न आग्रह गरे । औषधी जनचेतनाको कमी र बिभिन्न भ्रम रहेकाले यो निवारण हुन नसकेको उनले बताए । उनले ब्यक्तिको उचाईका आधारमा औषधी खुवाईने बताए ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले महाअभियानमा महासंघको समेत साथ रहेको बताए । उनले हात्तीपाईले निवारणका लागि संचारकर्मी, संचार संस्थाले समेत सचेतनाका लागि सहयोग र समन्वय गर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका फोकल पर्सन उदयचन्द्र चौरसियाले फागुन २८ गते देखि संचालन हुने अभियानमा २ बर्ष माथीका ६ लाख २० हजार ४९१ जालाइर्ए खुवाईने अनुमान गरिएको छ । अभियानमा ६ सय ११ जना स्वास्थयकर्मी र १ हजार ५०५ जना महिला स्वयमसेबिका परिचालन गरिनेछ । स्वास्थय कार्यालयका प्रमुख पाण्डेयको अध्यक्षता, कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताको संचालनमा कार्यक्रम भएको थियो ।

54 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal