ओदारी दुर्घटना अपडेटः ८ बुँदे सहमती पछी खुल्यो तौलिहवा जितपुर सड्क

२०७८ फाल्गुन २३ गते, सोमबार

कपिलवस्तु । कपिलवस्तुको ओदारीमा हिजो भएको दुर्घटनाको विषयलाई लिएर आक्रोशित स्थानियले बन्द गरेको सड्क खुलेको छ ।
तौलिहवा बाट काठमाण्डौ जाँदै गरेको भारतिय नम्बर Mpo8GA 4068 को आइसर ट्रकले विपरित दिशाबाट ओदारी मर्थी आउदै गरेको अटोलाई ठक्कर दिदाँ १ जनाको बाणगंगा ११ का अनिल मगरको ज्यान गएको थियो । ट्रक ड्राईभरको लार्पवाहीका कारण ज्यान गएको भन्दै स्थानियले हिजोदेखि नै सड्कमा टायर बालेर सड्क अवरुद्ध गराएका थिए । भने हिजो ओदारीमा रहेको प्रहरी विटमा तोड्फोड समेत गरेका थिए ।

दुर्घटनामा ज्यान गुमाएका मगरका परिवारलाई उचित क्षतीपुर्ति , ड्राईभरलाई लार्पवाही बापतको कडाकार्वाही , ओदारी प्रहरी विटका प्रमुख परिवर्तन , प्रत्यक्षदर्शीको भनाई र मृतक घट्नास्थल अनुसार करिव ८० मिटर घिसारे र ज्यानगएको हुदाँ सजाय हदै सम्मको हुनुपर्ने लिखित सम्झौतापछी सडक खुलेको र स्थिति सामान्य बनेको छ ।
बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, वडा नं ११ का वडाध्यक्ष सोमनाथ अर्याल र स्थानिय बुद्धिजिवि पिडितका बुवा आमा आफन्त छिमेकि स्थानिय लगाएतको छलफलपछी ८ बुँदे सहमती गरि सड्क खुलाईएको र पिडितको न्यायकालागि आफु लागिपर्ने वडाध्यक्ष अर्यालले बताए ।

73 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal