विस्फोटपछि युक्रेनमा मालवाहक पानीजहाज डुब्यो

२०७८ फाल्गुन २० गते, शुक्रबार

एजेन्सी । युक्रेनको नटनजिक विस्फोटपछि एक मालवाहक पानीजहाज डुबेको छ । जहाजका मालिक रहेका इस्टोनियाका यसबारे जानकारी गराएका बीबीसीले जनाएको छ ।

विस्फोट कसरी भयो भन्ने अहिले थाहा भइसकेको छैन । चालक दलका दुई सदस्य र चार अन्य व्यक्तिलाई युक्रेनको स्थानीय सेवाले उद्धार गरेको ती व्यक्तिले जानकारी दिएका छन् ।

यो जहाज जहाज केही दिनअघि दक्षिणी बन्दरगाह चोर्नोमोर्स्कबाट बाहिरिएपछि ओडेसानजिकै युक्रेनको तटमा पार्क गरिएको थियो ।

युक्रेनले रुसले ओडेसामाथि कब्जा गर्न चाहेको बताएको छ । यसका लागि रुसले कैयौँ विशेष ल्यान्डिङ जहाज त्यहाँ पठाइरहेको युक्रेनको भनाइ छ । झन्डै १० लाख जनसङ्ख्या रहेको ओडेसा एक ठूलो बन्दरगाह हो ।

53 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal