आन्दोलनमा आएका माओवादीका कार्यकर्ता भन्छन्: पार्टीले धोका दियो

२०७८ फाल्गुन १५ गते, आईतवार

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसी विरुद्ध सडकमा आएको माओवादी निकट विभिन्न संगठनले नेतृत्वले आफूहरूलाई धोका दिएको बताएका छन्।

आइतबार बानेश्वरमा भेटिएका नेता तथा कार्यकर्ताले आफूहरू सडकमा हाजिर लगाउन मात्र न आएको बताएका हुन्। नेतृत्वले एमसिसीलाई व्याख्यात्मक टिप्पणीका साथ पास गर्ने निर्णय गरेसँगै कार्यकर्तामा निराशा थपिएको छ। ‘एमसिसी राष्ट्रघाती छ। हामी यसको विरोधमा छौँ’ आन्दोलनमा आएका कार्यकर्ताहरूले एक स्वरमा भने। माओवादी केन्द्रले आज व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको छ। त्यसको पार्टीभित्रबाटै विरोध भइरहेको छ।

सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबात पारित गर्र्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

एमसीसी इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानभन्दा माथि नरहेको र यो विशुद्ध आर्थिक विकास सहयोगको रुपमा मात्र बुझ्छौँ भनेर व्याख्या गर्दै पारित गर्ने निर्णय गरेको पौडेलले जानकारी दिए ।

50 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal