एमसीसीमा असहमति जनाउनेहरूले सरकार छाड्नुपर्छ: नेता विष्ट

२०७८ फाल्गुन १० गते, मंगलवार

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमसीसीमा असहमति जनाउनेहरूले सरकार छाड्नुपर्ने बताएका छन् ।

गुल्मीको मुसिकोट नगरपालिका–५ आँपचौरको तल्लाफाँटमा सहिद पार्कमा निर्मित विभिन्न भौतिक संरचनाको उद्घाटन गर्दै उनले सत्ता गठबन्धनका केही राजनीतिक दलहरूले एमसीसीका विषयमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

उनले भने, ‘सत्ता मै रहेका कतिपय राजनैतिक दलका मित्रहरूले म मन्त्री भएको हैसियतले एमसीसीमा असहमति जनाउन मिल्दैन तर सांसदको हैसियतमा भने एमसीसी पास गर्न हुन्न भन्ने पक्षमा छु भनेको सुन्छु ।’ ‘यस्तो पनि कहीँ हुन्छ ? ‘संसदीय इतिहासमा यस्तो लाज मर्दो, अनौठो तमासा अहिलेसम्म कहीँ कतै देखिएको थिएन । मन्त्री पद जोगाउनका लागि एमसीसीको पक्षमा हुने, बाहिर चाहिँ एमसीसीको विपक्षमा कार्यकर्ता उराल्ने ? एमसीसीको विपक्षमा भए सरकार छाड्नुपर्‍यो नत्र यस्तो तमासा देखाउनु भएन ।’

65 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal