एमसीसीलाई लिएर माधव नेपालको भूमिकाप्रति मन्त्री झाँक्री असन्तुष्ट

२०७८ फाल्गुन ७ गते, शनिबार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का नेतृ एवम् सहरी विकासमन्त्री रामकुमारी झाँक्री एमसीसीलाई लिएर अध्यक्ष माधवकुमार नेपालको भूमिकालाई लिएर असन्तुष्ट भएकी छिन् ।

पार्टी सरकारमा रहेको र सरकारको विरुद्धमा पार्टीका भातृ संगठनहरुलाई सडकमा उतार्नु न्यायसंगत नभएको उनको गुनासो थियो । पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबुल गराउने तयारी गरेका छन् । तर, माधव नेपालको पार्टीको भने एमसीसीलाई लिएर आधिकारिक धारणा आईसकेको छैन् ।

नेकपा (एकीकृत समाजवादी) का भातृ संगठनहरु भने एमसीसी खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । यस्तो अवस्थामा नेतृत्वले सही निर्णय गर्नुपर्ने झाँक्रीको भनाई छ। हिजो (शुक्रबार) को संसद् बैठकमा सहभागी भएर फर्किने क्रममा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा एमसीसीबारे आफ्नो धारणा प्रधानमन्त्री देउवाको जे हो त्यही नै भएको उल्लेख गरेकी थिईन् ।

हिजो साँझ भएको अध्यक्ष नेपालँगको भेटवार्तामा पनि उनले भातृ संगठन एमसीसीको विरुद्धमा प्रदर्शनमा उत्रिएको विषय उठाएकी थिईन् । उनले पार्टी सरकारमा भएको अवस्थामा एमसीसीको विरुद्धमा सरकारविरुद्ध आन्दोलन गर्नु जायज नभएको तर्क गरेकी थिईन् ।

75 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal