बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाईयो
काठमाडौं । एमसीसी विरुद्ध विभिन्न दलहरूले निरन्तर विरोध प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
नयाँ बानेश्वर, माइतीघर, बबरमहल क्षेत्रमा मात्रै एक हजार भन्दा बढी प्रहरी खटाइएको छ । यसबाहेक सशस्त्र प्रहरीको छुट्टै टोली खटाइएको छ ।
आज पनि दल र मोर्चाले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् ।
माइतीघरबाट संसद् भवनअगाडि नयाँ बानेश्वरसम्म संयुक्त विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रहरीले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न आग्रह गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले बताउनुभयो । उहाँले निषेधाज्ञा तोडे बल प्रयोग गर्ने बताउनुभयो ।
विरोध प्रदर्शन हुने भएसँगै सो क्षेत्रको ट्राफिक अस्तव्यवस्त हुने भएको छ । ट्राफिक प्रहरीले दिउँसो जुलुस निस्कने भएकाले वैकल्पिक मार्गहरुको प्रयोग गर्न आग्रह गरेको छ ।