यस्तो छ आजको मौसम
२०७८ फाल्गुन ५ गते, बिहीबार
काठमाडौं । हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा सम्भावना छ । सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बाँकी भूभागमा मौसम सामान्य रहनेछ । शुक्रबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
60 Views