गठबन्धन सरकारको अर्को उपहार: फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०७८ फाल्गुन ५ गते, बिहीबार

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ । आजबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भारी मूल्यबृद्धि गरेको हो ।

निमगले मुल्य बढाउँदा अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको दावी गरेको छ ।

नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले बुधवार राती नयाँ मूल्य सूची पठाएको हो । आईसीले पठाएको सूची अनुसार प्रतिलिटर पेट्रोल ५।६१, डिजेल ५।६२ र हवाई इन्धनमा ४।९५ ले बढेको छ ।

मूल्यबृद्धिसँगै अव पेट्रोलको मूल्य १४७ रुपैया ६१ पैसा, डिजेल १३० रुपैया ६२ पैसा पुगेको छ । नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ । निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ ।

89 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal