बुटवलमा बन्द गराउँदै हिंडेका ९ जना पक्राउ

२०७८ फाल्गुन ४ गते, बुधबार

बुटवल । बुटवलमा बन्द गराउँदै हिंडेका ९ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बसपार्क आसपास गाडी तथा पसल बन्द गराउँदै हिंडेका बेला इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बुटवलको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु, नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विक लगायत नेता कार्यकर्ता रहेको रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए ।

बुटवलमा समेत नेकपा लगायत दल तथा मोर्चाले आह्वान गरेको नेपाल बन्दको प्रभाव आंशिक रुपमा परेको छ । निकै कम संख्यामा सवारी चलेका छन् । शैक्षिक संस्था, बजार, औद्योगिक प्रतिष्ठान बिहानैदेखि बन्द रहेका छन् ।

मुख्य राजमार्गहरू सुनसान छन् भने सडकमा थुप्रै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

75 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal