नयाँबानेश्वर सडकखण्ड क्षेत्र तनावग्रस्त

२०७८ फाल्गुन ४ गते, बुधबार

काठमाडौँ । एमसीसीविरुद्ध प्रर्दशनमा उत्रिएका प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौं तनावग्रस्त बनेको छ। एमसीसी संसदमा टेवल नगर्न दवाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भातृ संगठनहरु सहितका प्रर्दशनकारीहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा समेत प्रयोग गर्नु परेको थियो।

त्यस क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा केहीबेर सो क्षेत्र तनावग्रस्त बन्न गएको हो। अहिले पनि नयाँबानेश्वर–बबरमहल–माइतीघर सडकखण्डमा प्रर्दशनकारीहरुले एमसीसी संसदमा टेवल नगर्न दवाव दिँदै सरकारविरुद्ध चर्का नाराबाजी लगाइरहेका छन्।

53 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal