कपिलवस्तुमा बन्दको आंशिक प्रभाव

२०७८ फाल्गुन ४ गते, बुधबार

कपिलवस्तु । ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले बुधबार आह्वान गरेको नेपाल बन्दको असर कपिलवस्तुमा आशिंक परेको छ ।
कपिलवस्तुबाट छुट्ने लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन चलेका छैन् भने नीजि सवारी साधन भने सडकमा गुडेका छन् ।

यस्तै बन्दका कारण यहाँका सबै सरकारी तथा नीजि शैक्षिक संस्था बन्द रहेका छन् । बजारहरु भने फ्याट फुट खुलेका छन्। कपिलवस्तुका मुख्यमुख्य चोकमा प्रहरी तैनाथ रहेका छन् ।

अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लवं) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका हुन् ।

88 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal