एमसीसीबारे अन्तिम निर्णय लिन भोलि गठबन्धनको बैठक
२०७८ फाल्गुन ४ गते, बुधबार

काठमाडौँ । भोलि बिहीबार एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको हो।
प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवा आज एमसीसी टेबल नगर्न समेत सहमत भएका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा आजै प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको छ।
62 Views