एमसीसी विरूद्धको सडक प्रदर्शनमा उत्रिए नारायणकाजी श्रेष्ठ

२०७८ फाल्गुन ४ गते, बुधबार

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ पनि प्रदर्शनमा निस्किएका छन्।

बुधबार राजधानीका विभिन्न स्थानमा माओवादी केन्द्रका भातृ संगठनहरूले एमसस्सीविरूद्ध प्रदर्शन गरिरहेका छन्।

बानेश्वरमा भइरहेको प्रदर्शनमा श्रेष्ठ सहभागी भएको जनाउँदै उनका सहयोगी सुरेशकाजी श्रेष्ठले सामाजिक सञ्जाल मार्फत तस्बिर सार्वजनिक गरेका छन्।

67 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal