शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमायो: राष्ट्रपति
२०७८ फाल्गुन ३ गते, मंगलवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रणी साहित्यकार डा। तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको बताएकी छन्।
बललबउगचलब उयकत
सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति भण्डारीले भनेकी छन्,प्रखर समालोचक एवम् नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा. तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ । आफ्ना दर्जनौं कृतिका माध्यमबाट उहाँ हामीबीच अमर रहनुहुनेछ । दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।
मंगलबार बिहान आफ्नै निवासमा शर्माको निधन भएको थियो।
70 Views