साहित्यकार शर्माको निधनप्रति ओलीद्वारा दुस्ख व्यक्त

२०७८ फाल्गुन ३ गते, मंगलवार

काठमाडौँ । पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साहित्यकार डा.तारानाथ (ताना) शर्माको निधनप्रति दुख व्यक्त गरेका छन्। ओलीले सामाजिक सञ्जाल ट्विटमार्फत उनको निधन भएको खबरले आफू दुखी भएको बताएका हुन्।

आलीले लेखेका छन्, प्रतिष्ठित साहित्यकार, नेपाली साहित्यमा नियात्रा निवन्ध विधाका संस्थापक, नेपाली भाषामा झर्रोवादी आन्दोलनका अगुवा डा तारानाथ शर्माको निधनको खबरले मलाई दुःखी तुल्याएको छ। दिवंगत साहित्यकार शर्माप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

साहित्यका तारानाथ शर्माको ८७ वर्षको उमेरमा मंगलबार आज विहान निधन भएको हो। ‘बेलाइततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका लेखक शर्माका नेपाली, अंग्रेजी, भाषा, व्याकरणसहितका १ सयभन्दा बढी पुस्तक प्रकाशित छन्।

55 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal