एकीकृत समाजवादीले बोलायो स्थायी समिति बैठक
२०७८ फाल्गुन ३ गते, मंगलवार

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी समिति बैठक बोलाएको छ ।
पार्टीको आन्तरिक विषयका साथै चुनावी तयारी, एमसीसी, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायतका विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाइएको हो ।
बैठक फागुन ७ गते बोलाइएको महासचिव बेदुराम भुसालले जानकारी दिए ।
95 Views