माओवादी केन्द्रको केन्द्रीय कमिटी फागुन ७ गते बस्ने

२०७८ फाल्गुन ३ गते, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक यही फागुन ७ र ८ गते बस्ने भएको छ।

कहिले तयारी नपुगेको र कहिले कोरोनाका कारण भन्दै पटकपटक स्थगित हुदै आएको बैठक फागुन ७ र ८ गते बस्ने भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

माघ २८ र २९ गते बोलाइएको बैठक माओवादीले कोरोना संक्रमणको जोखिम तयारी नपुगेको भन्दै कारण स्थगित गरेको थियो। यसअघि पुस २५ र माघ ८ गते बोलाइएको बैठक स्थगित भएको थियो। महाधिवेशन सम्पन्न भएपछि गत पुस १८ गते बसेको पहिलो केन्द्रिय कमिटी बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो।

माओवादीमा पदाधिकारी छनोट तथा नेताहरुको कार्य बाँडफाँडमा कुरा मिलेको छैन्। स्थानिय तहको चुनाव घोषणा भइसकेकोले त्यसको तयारीमा लाग्न ढिला भएकोले अब बोलाइएको बैठक नरोकिने माओवादीले जनाएको छ।

77 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal