लुम्बिनी प्रदेशले आज चौथो स्थापना दिवस मनाउँदै
२०७८ फाल्गुन ३ गते, मंगलवार

काठमाडौं । लुम्बिनी प्रदेशले आज चौथो स्थापना दिवस मनाउँदैछ ।
प्रदेश सरकारले आफ्नो स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउन लागेको हो ।
यही उपलक्ष्यमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले विशेष कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद के.सी., प्रदेशससभाका सभामुख पूर्ण घर्ती, प्रदेशका मन्त्रीहरूलगायत व्यक्तिको सहभागिता रहनेछ ।
प्रदेशका सबै प्रशासनिक गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भए पनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो ।
१७ महिनाअगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै सरकारले सबै काम गर्दै आएको छ । स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशभर आज सार्वजनिक बिदा दिईएको छ ।
92 Views