अध्यक्ष नेपाल र पाकिस्तानका राजदूत शाहबीच भेटवार्ता

२०७८ फाल्गुन ३ गते, मंगलवार

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री माधव कुमार नेपाल र मित्रराष्ट्र पाकिस्तानका राजदूत साइद हाइदर शाहबीच भेटवार्ता भएको छ ।

सोमबार साँझ नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा दुई पक्षीय आपसीहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको हो । पूर्व-प्रधानमन्त्री नेपालले यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

नेपालका लागि पाकिस्तानका राजदूत साइद हाइदर शाहले नेपाल र नेपाली जनतासँग पाकिस्तानको पुरानो मित्रवत सम्बन्ध रहेको बताउँदै नेपालको विकासमा पाकिस्तान सरकारको सहयोग हुने उहाँको भनाइ छ ।

आगामी दिनमा नेपालका विभिन्न क्षेत्रको विकासका लागि सहकार्य गर्ने र सम्बन्ध थप उचाईमा पुग्ने विश्वास समेत ब्यक्त गर्नुभयो । नेपाल र पाकिस्तानबीच सास्कृतिक, सामाजिक सम्बन्ध रहेको र आफ्नो कार्यकालमा थप उचाईमा पुग्ने उहाँको तर्कछ ।

उहाँहरुबीच नेपालको समसामयिक राजनीतिक विषयमा समेत छलफल भएकोथियो।

75 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal