मन्त्री आलेको लोकप्रियता देखेर डराएको एमाले ….

२०७८ फाल्गुन ३ गते, मंगलवार

काठमाडौँ । भारतमा बसेर नेपाली नेताहरुलाई लिएर सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका एक युवकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई उत्तेजित पारेर एक वर्ष अघि रेकर्ड गरेको भिडियो सार्वजनिक गरेका छन् । राजनैतिक पूर्वाग्रह र ब्लाकमेलमा असफल भएपछि उक्त भिडियो एमाले कार्यकर्ताले सामाजिक संजालमा पोस्ट गरेका हुन ।

अछाम घर भई भारतको मुम्बई बस्दै आएका नेकपा एमालेका कार्यकर्ता जगत ओलीले निरन्तर रुपमा बल्याकमेल गर्न थालेपछि मन्त्री आलेले उनलाई गाली गरेको बताईएको छ ।vएक वर्षअघि आलेसंग भएको संवाद एक वर्षपछि ओलीले सार्वजनिक गरेको पर्यटन मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।

मन्त्री आलेसंग मुम्बईमा बसेर ओलीले ५० लाख रुपैया माग गरेको र अन्तिममा २० लाख नदिए भिडियो सार्वजनिक गरिदिने धम्की दिएको रेग्मीले बताए ।

निरन्तर रुपमा मन्त्री आले लगायतका नेताहरुका बिरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका ओलीले मन्त्री आलेलाई पटक पटक मानसिक तनाव दिएपछि मन्त्री आलेले उनलाई गाली गरेको बताईएको छ ।

मन्त्री आले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका एमालेका कार्यकर्ता ओलीले षडयन्त्रपूर्वक आलेलाई उत्तेजित पारेर भिडियो रेकर्ड गरेको र ओलीको उक्त कार्यका बिरुद्ध कानुनी उपचार खोज्ने रेग्मीले बताए ।

आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएदेखि नै ओलीले ब्ल्याकमेल गर्दै आएको र उनलाई पटक पटक सम्झाउदा बुझाउदा पनि नमानेको र उल्टै मन्त्री आलेको मानमर्दन हुने गरी सामाजिक सञ्जालमा टिप्पणी गरेको रेग्मीले बताए ।

एमालेमै हुदा मन्त्री आलेलाई पटक पटक धम्क्याउनुका साथै अश्लिल शब्द प्रयोग गर्दै आएका ओलीले समाजवादी पार्टीमा प्रवेश गरेपछि ओलीले एक वर्षअघि भएको संवाद सार्वजनिक गरेको मन्त्री आलेका स्वकीय सचिव रेग्मीको आरोप छ ।

निरन्तर रुपमा बार्गेनिङ गर्दै आएका ओलीले मन्त्री आलेलाई लिएर असभ्य टिप्पणी गर्नुका साथै गाली गरेको र भिडियोमा आफूले बोलेको असभ्य गालीलाई काटेर मन्त्री आलेको कुरा मात्र राखेको रेग्मीले बताए ।

भारतमा बसेर ओलीले मन्त्री आलेसंगै प्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री भीम रावल, नेपाली काँग्रेसका महामन्त्री गगन थापाका बिरुद्ध पनि मानमर्दन हुनेगरी सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरेका छन् ।

No description available.
110 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal