चोलेन्द्रको बचाउ गर्ने हाम्रो मनसाय होइन: अध्यक्ष ओली

२०७८ फाल्गुन २ गते, सोमबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गर्ने आफूहरुको मनसाय नभएको बताएका छन् ।

एमाले संसदीय दलको बैठकमा आज अध्यक्ष ओलीले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने समय र प्रवृत्तिको मात्र आफूहरुले विरोध गरेको बताए ।

अध्यक्ष ओलीले निर्वाचान सार्ने, एमसीसी पारित गर्ने र अदालतलाई गिजोल्ने मनसायले महाअभियोग प्रस्ताव आएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

नेता भट्टराईका अनुसार बैठकमा ओलीले प्रधानन्यायाधीश जबराप्रति एमाले सकारात्मक भएको वा एमालेको पक्षमा काम गरेका छन् भनेर उनलाई बोकेर हिँड्नुपर्छ, जोगाउनुपर्छ भन्ने मनसाय एमालेको नभएको बताएका थिए ।

102 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal