आयरल्यान्डसँगको खेलमा नेपाल टस जितेर बलिङ गर्दै

२०७८ फाल्गुन २ गते, सोमबार

काठमाण्डौ । चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डसँगको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । अल अमिरात क्रिकेट मैदानमा अहिले खेल सुरु भएको छ ।

आजको खेलमा नेपालले तीन खेलाडीमा परिवर्तन गरेको छ । आजको खेलमा अभिनाश बोहरा, कुशल मल्ल र कुशल भुर्तेल टोलीमा फर्किएका छन् । यूएईसँगको खेलमा खेलेका साहब आलम, विवेक यादव र आरिफ शेख भने आज बेन्चमा छन् ।

नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट शृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० विश्व कप छनोटको पूर्ण तयारीका रूपमा लिएको छ ।

यसअघि नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो ।

76 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal