प्रधानसेनापति शर्मा र यूएईका राजदूतबीच भेटवार्ता
२०७८ फाल्गुन २ गते, सोमबार

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि यूएईका राजदूत सईद हमदान अल नक्बीबीच भेटवार्ता भएको छ ।
सोमबार सैनिक मुख्यालय जंगी अड्डामा शिष्टाचार भेट भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति शर्माको कार्यालयमा भएको उक्त भेटघाटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने सेनाको विश्वास छ ।
76 Views