एमाले सांसदहरुको प्रतिक्रिया ‘चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जान जान सकिँदैन’

२०७८ फाल्गुन २ गते, सोमबार

काठमाडौं । नेकपा एमालेका अधिकांश सांसदहरुले निलिम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बोकेर चुनाव जान नसक्ने बताएका छन् ।

सोमबार बसेको संसदीय दलको बैठकमा पनि एमाले अध्यक्ष ओलीले नेतृत्वले जे सुकै सोचेर निर्णय लिएको हुनसक्ने भन्दै त्यसलाई मानेर जानुपर्ने बताएका छन् ।

जबराविरुद्ध सत्तारुढ गठबन्धनले आइतबार संसदमा महाअभियोग दर्ता गराएको छ । एमालेले त्यसको प्रतिवादमा चार न्यायाधीशलाई महाअभियोग दर्ता गर्ने तयारी गरेको छ ।

सांसदहरुले अहिले धारणा राखिरहेका छन् । अहिलेसम्म १० जना सांसदले बोलेका र अधिकांशले जबरा र एमसीसीलाई बोकेर चुनाव जान नसक्ने बताएका हुन् ।

86 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal