आई.सी.एफ.सी. फाईनान्सद्वारा ओदारी शाखाको स्थानान्तरण कार्यक्रम सम्पन्न

२०७८ फाल्गुन २ गते, सोमबार

कपिलवस्तु । आई.सी.एफ.सी. फाईनान्स लिमिटेड ओदारी शाखा कपिलवस्तुको शाखा स्थानान्तरण कार्यक्रम सम्पन्न भएको छ । नयाँ भवनमा स्थानान्तरण कार्यक्रमको उद्घाटन वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु र वाणगंगा नगरपालिका वडा नं.११ का वडा अध्यक्ष सोमनाथ अर्यालले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

राष्ट्रिय स्तरको यस फाईनान्सका २० बटा शाखा र एक वटा एक्सटेन्सन काउन्टर रहेको बैकले वित्तिय क्षेत्रमा उदाहरणीय काम गर्दै बिभिन्न क्षेत्रमा सरल र सहज कर्जा प्रदान गर्दै आएको बैक शाखा प्रबन्धक कुमार थापाले वताउनु भयो । कार्यक्रममा वोल्दै वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले यस बैकले गर्दा ओदारी क्षेत्रका मात्र नभएर वाणगंगा वासीले सहज रुपमा कर्जा प्राप्त गर्नका लागि र बिभिन्न बित्तिय क्षेत्रमा सहज रुपमा कारोवार गर्न सकेको वताउदै बैंकहरु यो क्षेत्रमा धेरै भएको तर आई. सी. एफ. सी. ले रचनात्मक कार्य गर्न सफल भएको भन्दै आगामि दिनमा पनि रचनात्मक कार्यको अपेक्षा गर्दै बितिय क्षेत्रमा प्रगतिको कामना व्यक्त गर्नु भयो ।

फाईनान्सले प्रदेश १, बाग्मती प्रदेश र लुम्बिनि प्रदेशमा शाखा बिस्तार गर्ने योजना रहेको क्षेत्रीय प्रवन्धक बिकल क्षेत्रीले सो अवसरमा बताउनु भयो । कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता, वाणगंगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष सोमनाथ अर्यालको बिशिष्ट आतिथ्यता ,क्षेत्रिय प्रवन्धक बिकल क्षेत्री,बुटवल शाखाका प्रवन्धक कमल ज्ञवाली ,भैरहवा शाखा प्रमुख रमेश प्रसाद ज्ञवाली, ड्राईभर टोल शाखा प्रमुख दिपक अर्याल, समाजसेवी रबि वहादुर काफ्ले लगायको उपस्थीती रहेको कार्यक्रमको सञ्चालन शाखा प्रबन्धक कुमार थापाले गर्नु भएको थियो ।

86 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal