मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुन: सञ्चालनमा

२०७८ फाल्गुन २ गते, सोमबार

ताप्लेजुङ । मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

भारी हिमपात र प्रतिकूल मौसमका कारण यो विमानस्थलमा दुई हप्तादेखि हवाई उडान हुन सकेको थिएन ।

मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बुले जानकारी दिनुभयो ।

निगमका जहाजमार्फत काठमाण्डौबाट १४ यात्रु ताप्लेजुङ आइपुगेका छन्, भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाण्डौ पुगेको उहाँ बताउनुभयो ।

विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो ।

निगमले यो विमानस्थल हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार गरी उडान भर्दै आएको छ ।

98 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal