मन्त्रालय टुक्राएर झन्डै ७२ लाख खर्चेर गाडी किन्दै बागमती सरकार
२०७८ फाल्गुन २ गते, सोमबार

काठमाडौँ । मन्त्रालय टुक्राएर जम्बो मन्त्रिपरिषद्मा इतिहास बनाएको बागमती प्रदेश सरकारले झन्डै ७२ लाख खर्चे एउटा गाडी किन्ने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का लागि ७१ लाख ७५ हजारको गाडी किन्न बोलपत्र पनि स्वीकृत भएको छ । अढाइ महिनाअघि बोलपत्र आह्वान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार बोलपत्र स्वीकृत गरेको हो ।
हार्ड टप जिप खरिदको ठेक्का अग्नि इन्कपेरिटेड प्रालि काठमाडौँले पाएको छ ।
१४ मन्त्रालय रहेको बागमतीमा १८ सदस्यीय मन्त्रिपरिषद् छ ।
59 Views