उर्लाबारीमा महिलाको हत्या, छोरा पक्राउ
२०७८ फाल्गुन २ गते, सोमबार

विराटनगर । मोरङको उर्लाबारीमा एक वना वृद्ध महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।
उर्लाबारी नगरपालिका-४ आइतबारेकी ७० वर्षीया चन्द्रमाया भण्डारीको हत्या आरोपमा ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
पारिवारिक विवादका क्रममा आइतबार साझ गङ्गाप्रसादले आमालाई चिरपट प्रहार गरेको प्रहरीले बताएको छ ।
चिरपट प्रहारबाट गम्भीर घाइते वृद्धाको उपचारका क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा आइतबार राति १०:२५ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।
55 Views