चार न्यायाधीशविरुद्ध महाभियोगको तयारी, एमालेले थाल्यो हस्ताक्षर संकलन

२०७८ फाल्गुन २ गते, सोमबार

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०ले चार जना न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता पक्षका ९८ संसद्ले आइतबार महाभियोग दर्ता गरेको भोलिपल्ट त्यसको प्रत्युत्तरमा एमाले‘काउन्टर महाअभियोग’ तयारी गरेको हो । विशेषगरी सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले आफ्ना संसद्हरुको हस्ताक्षर संकलनको गृहकार्य थालेको छ ।

सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको एमालेले त्यहीँबाट हस्ताक्षर संकलन गर्ने र महाअभियोगको प्रस्ताव तयार पार्ने तयारी गरिरहेको एमालेका एक नेताले बताए । संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन एमालेले आइतबार नै आफ्ना सांसद्लाई ह्विप जारी गरिसकेको छ ।

आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको एमाले सचिवालयको बैठकले प्रधानन्यायाधीश जबरामाथि लागेको महाभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो । सोही प्रतिवादको तयारीका लागि एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको हो ।

75 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal