टी-२० सिरिजमा नेपालले आज आयरल्याण्डसँग खेल्दै

२०७८ फाल्गुन २ गते, सोमबार

काठमाडौं । ओमानमा भइरहेको चार देशीय टी-२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज आयरल्याण्डसँग खेल्दैछ ।

खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे खेल सुरु हुनेछ ।

ओमानमै १८ फेब्रुअरीदेखि सुरु हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप सिरिज आयोजना भएको हो ।

यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो । तर दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।

98 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal