अर्घाखाँचीका दुर्गम क्षेत्रमा कोरोना खोपको पहुँच बढाउँदै

२०७८ फाल्गुन १ गते, आईतवार

अर्घाखाँची । अर्घाखाँची जिल्लाका दुर्गम क्षेत्रमा कोरोना खोपको पहुँच बढाईएको छ ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीले दुर्गम क्षेत्रमा एकीकृत स्वास्थ्य शिविर संचालन गरेको हो । सो शिविर शितगंगा नगरपालिका-११ को दोबाटामा संचालनगरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सोही नगरपालिकाका अन्य वडामा पनि खोपको पहुँचबाट अधिकांश नागरिक छुटेकाले सोही अभियानलाई निरन्तरता दिने स्वस्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बिकले जानकारी दिनुभयो । त्यस्तै सो शिविरमा ,कोभिड-१९को परिक्षण, क्षयरोगको जाँच तथा उपचार,औंलो रोग आदिको जाँच समेत गरिएको उहाँले बताउनुभयो ।

२ सय भन्दा बढी नागरिकले दुर्गम क्षेत्रमा सेवा पाउँदा सो ठाउँकानागरिक निकै उत्साहित समेत भएका छन् ।

69 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal