पाँच केजी सुनसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

२०७८ फाल्गुन १ गते, आईतवार

काठमाडौं । त्रिभुवन विमानस्थलबाट पाँच केजी सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । अर्धठोस बनाएर शरीरमा लुकाएर ल्याएको अवस्थामा चिनियाँ नागरिक झाङ लिलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

उनलाई शनिबार दुबईबाट हिमालय एयरलाइन्समार्फत काठमाडौं उत्रिएका थिए । भन्सार कार्यालयको जाँचलाई छलेर अगाडि बढेपछि शंका लागेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

४ वटा पोकामा अर्धठोस सुन ल्याइएको विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताए ।

पक्राउ परेका लिलाई विमानस्थल भन्सार कार्यालयलाई जिम्मा लगाइएको छ ।

63 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal