एक दर्जनभन्दा बढी देशद्वारा आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह

२०७८ फाल्गुन १ गते, आईतवार

काठमाडौँ । पश्चिमी देशहरूले युक्रेनमा रुसी आक्रमणको चेतावनी दिएपछि एक दर्जनभन्दा बढी देशले आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न आग्रह गरेका छन् । यस्तो आग्रह गर्नेमा अमेरिका, बेलायत र जर्मनीसहितका देशहरु रहेका छन् ।

रुसल युक्रेनी सीमानामा झण्डै एक लाख सेना तैनाथ गरेको छ, तर आक्रमण गर्ने कुनै पनि योजनालाई अस्वीकार गर्दै आएको छ ।

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आक्रमणको चेतावनीले मानिसहरूमा त्रास पैदा गरेको टिप्पणी गरेका छन् ।

ह्वाइट हाउसले आक्रमण जुनसुकै बेला हुनसक्ने र हवाई हमलाबाट सुरु हुन सक्ने चेतावनी दिएको छ । अर्कोतर्फ रुसले यस्ता आरोपलाई ‘उत्तेजक अनुमान’ भनेको छ । अमेरिकी दूतावासका अत्यावश्यक बाहेकका कर्मचारीलाई युक्रेनको राजधानी किभबाट युक्रेन छाड्न आदेश दिइएको छ ।

क्यानडाले पोल्याण्डको सिमाना नजिक रहेको युक्रेनी सहर ल्भिभमा पनि आफ्नो दूतावासका कर्मचारी पठाउँदैछ । युक्रेनका लागि बेलायती राजदूत मेलिन्डा सिमोन्सले ट्वीट गरेकी छिन् कि उनी र कोर टोलीू किभमा बसिरहेका छन् ।

रुसले युक्रेनमा आफ्ना कर्मचारीको अधिकतम उपयोगू गरिरहेको भन्दै युक्रेन वा अन्य कुनै देशले उत्तेजक प्रयासू गरेको बताएको छ ।

अमेरिकाले युक्रेनी सैनिकलाई तालिम दिने आफ्ना १५० सैनिकलाई पनि बोलाएको छ ।

युक्रेनका राष्ट्रपतिले के भने ?

जेलेन्स्कीले यदि पश्चिमी सेनाहरूसँग तत्काल आक्रमणको कुनै बलियो प्रमाण छ भने, उनीहरूले त्यो देखेका थिएनन् । उनले भने, ‘मलाई लाग्छ युद्धको बारेमा मिडियामा धेरै जानकारी छ । हामी सबै जोखिमहरू बुझ्छौं, हामी बुझ्छौं कि यी जोखिमहरू हामीले सामना गरिरहेका छन्। यदि तपाईं वा अरू कसैसँग युक्रेनमा रूसको आक्रमणको बारेमा सत प्रतिशत ठोस जानकारी छ भने, कृपया हामीलाई साझा गर्नुहोस् ।

अस्ट्रेलिया, इटाली, इजरायल, नेदरल्याण्ड र जापानले पनि आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न आग्रह गरेका छन् । कतिपय देशले आफ्ना कूटनीतिज्ञ र परिवारलाई पनि बाहिर निकालेका छन् ।

यसैबीच रुसले युक्रेन मुद्दामा पश्चिमी देशहरूले युद्धको उन्माद सिर्जना गरिरहेको बताउँदै आएको छ । रुसले भने कि राष्ट्रपति पुटिनले आफ्ना समकक्षीलाई रुसको सुरक्षा चिन्तालाई सम्बोधन नगरेको बताएको छ ।

यस विषयमा कूटनीतिक समाधानको प्रयास पनि भइरहेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले रुसका राष्ट्रपतिसँग फोनमा कुरा गरेका छन् । फ्रान्सेली दूतावासका अनुसार इमानुएल म्याक्रोनले सेना परिचालनसँगै गम्भीर वार्ता हुन नसक्ने बताएका थिए ।

यसैबीच शनिबार पनि हजारौंले राजधानीमा युक्रेनप्रति वफादारी र रुसी आक्रमणको विरुद्धमा नाराबाजी गर्दै एकता र्‍याली निकालेका छन् ।

रुसले आठ वर्षअघि युक्रेनको दक्षिणमा रहेको क्रिमियालाई आफ्नो कब्जामा लिएको थियो ।

त्यसयता दुई देशबीचको द्वन्द्व चर्किएको छ । रुसको सीमा नजिक युक्रेनको पूर्वी क्षेत्रमा विद्रोह भइरहेको छ । यसमा रुसको समर्थन छ ।

रुसले युक्रेनलाई कुनै पनि हालतमा नेटोमा सामेल हुन नदिने बताएको छ ।

तर, नाटोका महासचिव स्टोल्टनबर्गले नाटो एकजुट र कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको बताए ।

70 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal