खोटाङमा बिदाका दिन सरकारी मोटरसाइकलको दुरुपयोग

२०७८ फाल्गुन १ गते, आईतवार

खोटाङ । सार्वजनिक बिदाका दिन विना पास चलाएको भन्दै खोटाङ प्रहरीले चार वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएर छाडेको छ ।

हिजो शनिवार बिदाका दिन चलाउने वडा कार्यालयका तीन वटा र लोकसेवा आयोगको एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा कार्यालयको बा २ ब ९४४८ नम्बरको मोटरसाइकल, दोर्पाचिउरीडाँडा वडा कार्यालयको बा २ ब ९३५५ नम्बरको मोटरसाइकल, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर वडा कार्यालयको को २ ब १३६८ नम्बरको मोटरसाइकल र लोकसेवा आयोगको कार्यालय खोटाङको प्रदेश ३–०२–००१ ब १५३० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो ।

सार्वजनिक बिदाको दिन दुरुपयोग नगर्ने सर्तमा सम्बन्धित कार्यालयलाई बुझाइ छाडिएको पनि उहाँले जानकारी दिनुभयो ।

74 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal