यात्रुबिना आजदेखि रेल सेवा सञ्चालनमा आउने
२०७८ फाल्गुन १ गते, आईतवार
काठमाडौँ । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालन हुने भएको छ ।
नेपाल रेल्वे कम्पनीका अनुसार आजबाट बिना यात्रुको (ड्राई रन) रेल सञ्चालन हुन लागेको हो । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन हुन लागेको जनाएको छ ।
अब केही दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रु राखेर दैनिक तीन पटक सेवा सञ्चालन गर्ने जानकारी नेपाल रेल वे कम्पनीले दिएको छ । नेपाल सरकारले बोगि सहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो ।
57 Views